logo

विद्युतीय कार्गो रेल भारतको कोलकातादेखि नेपालसम्म ल्याउने तयारी सुरु

    1192   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयारी थालिएको हो ।

यसअघि चैत ६ गते कोलकातादेखि भारतको बथनाहा रेल स्टेसनसम्म नेपाली पैठारीकर्ताको सामान बोकेको रेलबाट ट्रान्ससिपमेन्ट मोडलको इलेक्ट्रोनिक कार्गो टे«किङ सिस्टमको सफल परीक्षण भएको थियो । त्यो परीक्षणसँगै भारतीय भन्सार विभागले सोमबार मात्रै बथनाहा रेल स्टेसनबाट जोगबनीस्थित एकीकृत जाँच चौकी ९आईसीपी० सम्म ईसीटीएस कार्गो ल्याउनका लागि स्वीकृति प्रदान गरेको छ ।

भारतीय रेल स्टेसन बथनाहामा कन्टेनर अनलोड गर्नुपर्ने झन्झट हटाउन नेपालतर्फको विराटनगर १८ स्थित बुधनगरमा रहेको नेपाल कस्टर्म यार्डसम्म सोझै कार्गो ल्याउन सकिने सम्भाव्यताबारे कोलकातास्थित नेपाली महावाणिज्यदूतसहितको टोलिले मङ्गलबार निरीक्षण गरेको छ । बुधनगरको आईसीपीदेखि भारतको बथनाहा रेल स्टेसन ७।६ किलोमिटर दूरीमा पर्दछ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।