logo

राजधानीका सडक तीन महिनाभित्र दुरुस्त बनाउन निर्देशन 

    1157   पटक पढिएको

२० असार / अर्थ र व्यापार – व्यवस्थापिका संसदको विकास समितिले उपत्यकामा भत्काइएका सडकहरु तीन महिनाभित्र पुर्न्निर्माण गरेर दुरुस्त बनाउन निर्देशन दिएको छ ।

समितिले उपत्यका सडक विस्तार आयोजना उपत्यका विकास प्राधिकरण ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौ महानगरपालिका सडक विभागलाई यो निर्देशन दिएको हो । सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक पुर्न्निर्माण नहुँदा राजधानीका सडक हिलाम्मे छ ।सडक विस्तार गर्दा उचित मूआब्जा र क्षतिपूर्ति दिएर मात्रै गर्न समितिले निर्देशन दिएको छ ।

उपत्यकाभित्र १५९४.६७ किलोमिटर सडक छन् । उपत्यका भित्र ९ लाख ७३ हजार भन्दा बढी सवारीसाधन छन् । उपत्यकामा कुल जमिनको ७.५ प्रतिशत मात्र सडकले ओगटेको छ । समितिको बैठकले नेपालमा सडक बनाउने निकायहरुवीच समन्वयको अभाव रहेको भन्दै सरकारी निकायबीच समन्वय गरेर शहरी यातायातलाई सुदृढीकरण गर्न निर्देशन दिएको छ ।

त्रिपुरेश्वर, कंलकी, नागढुंगा राजधानीको प्रमुख  नाका भएकोले अदालत र सरकारी निकायको आदेशलाई सम्मान गर्दै क्षतिपूर्ति दिएर सडक निर्माण गर्न समितिले निर्देशन दिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।