logo

व्यापारी दुगड वाणिज्य बैंकको साढे चार करोडसहित १० करोड उठाएर बेपत्ता

    2772   पटक पढिएको

७ असार / अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकको साढे चार करोड तथा विभिन्न सहकारी र व्यवसायीसँग गरी १० करोड रुपैयाँ उठाएर विराटनगरका एक व्यापारी बेपत्ता भएका छन् । विराटनगरको मेनरोडमा विगत २५ वर्षदेखि कृष्णा स्टोर्स नामको पसल सञ्चालन गर्दै आएका करिब ५० वर्षका विनोद दुगड गत शनिबारदेखि बेपत्ता भएका हुन् । सोमबार उनको पसलमा राष्ट्रिय वाणिज्य बैंकले ताल्चा लगाएर सिलबन्दी गरेको छ । विराटनगर बाटा रोडमै जन्मेका दुगडले ८ वर्षअघि वडा नं. ११ मा १ करोड ५० लाखमा घर किनेका थिए । आठ वर्षयता उनी त्यही घरमा बस्दै आएका थिए ।

 शनिबार बिहान श्रीमती, छोरा र छोरीसहित दुई वटा सुटकेस बोकेर उनी निस्केका हुन् । कृष्णा स्टोर्सका घरधनी महेश सोनीको पनि घरभाडाबापत ५० लाख रुपैयाँ तिर्न बाँकी रहेकोे छ । यसबाहेक विराटनगरका २० वटाभन्दा बढी सहकारीबाट उनले १ लाखदेखि १० लाखसम्म कर्जा लिएको बुझिएको छ । विनोदका ३ छोरी र १ छोरा छन् । काठमाडौंबाट मालसामान खरिद गर्ने विभिन्न थोक विक्रेताको ३ करोड तिर्न बाँकी रहेको छ । साथै विरानगरका साथीभाइसँग पनि उनले सापटी भन्दै १ लाख देखि २५ लाखसम्म मागेकोे छ । करिब २२ सय वर्ग्फिटमा रहको र ८ वटा सटर रहेको उनको पसल विदेशी सामानका लागि चर्चित थियो ।

पसलमा तयारी कपडा, बालबच्चाका कपडा र खेलौना, कार्पेट, गलैँचा, कम्बल, कपप्लेट, सजावटका सामग्री, थर्मसलगायत विविध प्रकारका विदेशी सामान राखिएका थिए । एक समय उनको पसलमा भारतीय ग्राहकहरू उल्लेख्य मात्रामा आउँथे । दुगडले शनिबारदेखि नै आफ्नो फेसबुक आइडी बन्द गरेका छन् । त्यस्तै विराटनगर महानगरपालिकामा उनले खरिद गरेको जमिन पनि दुई महिनाअगाडि नै विक्री गरिसकेको र विराटचौकको जमिनबाट बैनाबापत ६० लाख उठाएकोे छ । उनी बस्दै आएको घर बैंकमा धितोस्वरूप राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।