logo

बिनोद चौधरीको सम्पत्ति १ बर्षमा २० करोड अमेरिकी डलरले बढ्यो

    1205   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति एकवर्षमा २० करोड अमेरिकी डलरले बढेको छ । अर्बपतिको सूचि प्रकाशित गर्ने फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सूचि अनुसार २०१८ को तुलनामा २०१९ मा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर( २२ अर्ब ४० करोड नेपाली रुपैयाँ)ले बढेको हो ।
सन् २०१८ मा चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलरको रहेको थियो । सन् २०१३ मा फोब्र्सको अर्बपतिको सूचिमा परेका चौधरीको एक वर्ष बाहेक हरेक वर्ष सम्पत्ति बढ्दै गएको छ ।

बिनोद चौधरीसँग सिजी फुड र त्यस अन्तर्गत लोकप्रिय चाउचाउ वाइवाई रहेको छ ।जसको उत्पादन नेपाल बाहेक भारत,सर्विया,साउदी अरब र बंगलादेशबाट हुन्छ । सिजीले २९ वटा आफ्नो स्वामित्वमा ७० वटा व्यवस्थापन हेर्ने लक्जरी होट रहेका छन् । नबिल बैंकमा बहुमत सेयर रहेका छ ।

बिनोदको व्यवसाय अगाडि बढाउन उनका छोरा निर्वाण, राहुल र वरुणले सहयोग गर्ने फोब्र्सले उल्लेख गरेको छ । फोब्र्सका अनुसार चौधरी विश्वमा १३४९ औ धनी व्यक्तिमा पर्छन् । २०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सभासद् भएका चौधरी अहिले नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा समानुपातिक अन्तर्गत सांसद् रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।