logo

आजदेखि काठमाडौंमा बिम्स्टेक बैठक सुरु हुँदै

    1106   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को १५औं मन्त्रीस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । मन्त्रीस्तरीय बैठकको छलफलको सत्र भोलिदेखि सुरु हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक उद्घाटन गर्नेछन् । 

मन्त्रीस्तरीय बैठकअघि सचिवस्तरीय बैठक हुनेछ । सचिव स्तरीय बैठक बिहीबार हुनेछ । सचिवहरुको बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्नेछ । बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरुको उपस्थिति रहनेछ । मन्त्रीस्तरीय बैठक दुई दिनसम्म चल्नेछ । दुई दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नेछन् ।

बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगालादेश, श्रीलंका, म्यान्मार र थाइल्यान्ड सदस्य रहेका छन् । नेपालले सन् २०१५ देखि बिम्स्टेकको अध्यक्षता गर्दै आएको छ । अध्यक्ष राष्ट्रको हैसियतले नेपालले यो वर्ष बिम्स्टेकको सम्मेलन गर्दैछ । सम्मेलनको मिति मन्त्रीस्तरीय बैठकले तय गर्नेछ । 

बैठकमा सदस्य राष्ट्रहरुबीचको व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद नियन्त्रण गरिबी निवारण लगायतका विषयमा छलफल हुनेछ । मन्त्रीस्तरीय बैठकमा भाग लिन सदस्य राष्ट्रका मन्त्री तथा सहायक मन्त्री बिहीबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।