logo

बीमा विधयेक संसदमा पेश, हुबहु पारित भए बर्तमान सञ्चालक समिति खारेज हुने 

    1614   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने र बीमितको हक हित रक्षाका लागि भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार बीमा विधयेक संसदमा पेश गरेको छ ।  

बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ । विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।  

बीमा विधयेक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले विदेशी लगानीमा खुलेका बीमा कम्पनीलाई फर्केर जाऊ भन्न सक्ने अवस्था नरहेको प्रष्ट्याएका छन्। ’हिजोको अवस्थामा कुन कुन परिस्थितिमा विदेशी बीमा कम्पनी नेपाल भित्रिए, अब तिनीहरुलाई फर्केर जाऊ भन्न सकिँदैन,’ खतिवडाले भने । 

बीमामा पहुँच नहुनेलाई बीमामा पहुँच दिनुपर्ने भन्दै उनले सरकारले ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सरकारले कार्यान्वयन गरेको उल्लेख गरे । 

बीमा व्यवसाय सीमित व्यक्तिको हातमा नहोस्, बदमासी गर्नेले उन्मुक्ती नपाओस, फर्जी बीमा नहोस् भन्नका लागि धेरै संस्था चाहिने भन्दै उनले त्यसलाई व्यवस्थित बनाउन कानुन बलियो हुनुपर्ने बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।