logo

विकास बैंकको बैठकमा भाग लिन अर्थमन्त्री डा. युवराज खतिवडा फिजी जादैं

    1543   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडा विकास बैंकको बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार फिजी जाने भएका छन् । बैठकमा अर्थमन्त्री खतिवडाले नेपालको गर्भनरको रुपमा वार्षिक बैठकका विषय सूचीहरुमा धारणा राख्ने एडीबीको बैठक मे ०२–०५ सम्म फिजीको नादीमा आयोजना हुनेछ ।

खतिवडाले एडीबीका अध्यक्ष तथा दक्षिण एशियाका महानिर्देशक, युरोपियन लगानी बैंक, ओफिडलगायतका वित्तिय संस्थाका उच्च पदस्थ प्रतिनिधिहरुसँग महत्वपूर्ण भेटघाट गर्ने कार्यक्रम छ । साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अर्थमन्त्रीस्तरीय अनौपचारिक बैठकको अध्यक्षता गर्दै सम्बोधन गर्नेछन् । सार्क विकास कोषको गभर्निङ काउन्सिलको बैठकमा समेत सहभागी हुने कार्यक्रम छ ।

बैठक र द्वीपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुर्दै गएको सन्देश विश्व समुदायका वित्तीय क्षेत्रका जानकारहरुलाई दिने बताइएको छ ।
अर्थमन्त्री खतिवडा २१ गते साँझ स्वदेश फर्किने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।