logo

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न विकास समितिको निर्देशन 

    1380   पटक पढिएको


१२ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभाको विकास समितिले मेलम्ची खानेपानी आयोजना पूर्व निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । 

काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराइएको हो । 

आयोजनाको हेडवर्क्स, सुरुङभित्रको फिनिशिङको काम अझै बाँकी रहेको, निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न समितिले खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले स्वच्छ खानेपानी उपलब्ध गराउने सम्बन्धमा विद्यमान माग, पानीको स्रोतको पहिचान तथा वितरण प्रणालीका साथै दिर्घकालीन माग, स्रोतको प्रक्षेपण तथा त्यसका लागि आवश्यक पर्ने रणनीतिक कार्ययोजनाको बारेमा विस्तृत अध्ययन समेत नभएको भन्दै सचेत गराएको छ ।

यस्तै समितिले पिउनयोग्य पानी भनी मापदण्ड निर्धारण गर्न वा नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।