logo

अनसनरत विजय थापाको स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौ लगियो

    909   पटक पढिएको

४ माघ/ अर्थ र व्यापार – गएको पुस २७ गतेबाट अनसनरत विजय थापाको स्वास्थ्यमा समस्या आएपछि इलाम अस्पतालबाट बिहीबार राति नै काठमाण्डौ लगिएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले बिहीबार राति ११ बजे इलाम अस्पतालबाट काठमाण्डौ लगिएको इलाम अस्पतालका डा. पवनजंग रायमाझीले जानकारी दिए । 

उनका अनुसार शरीरमा ग्लुकोजको मात्रा कम भएको, श्वासप्रश्वास र पिसाबमा समस्या आएकोले तत्काल आईसीयू वा सीसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले अस्पतालबाट रिफर गरिएको हो । 

थापालाई झापाको चन्द्रगढी एयरपोर्टबाट हेलिकप्टर काठमाण्डौं लगिएको थापा निकट पुष्पराज भण्डारीले जानकारी दिए । शुक्रबार उनलाई काठमाण्डौ महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि पु¥याइएको भण्डारीले जानकारी दिए । 

थापा संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकलाई हुबुहु संसदबाट पारित हुनुपर्ने माग राख्दै अनसनमा बसेका हुन् ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।