logo

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

    1571   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार - सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगानालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको विज्ञ सदस्य छन्। बैंकिङ तथा अर्थतन्त्र, बैंक नियमन तथा सुपरिवेक्षण, विदेशी मुद्रा ब्यवस्थापन, वित्तीय क्षेत्र सुधार र पूँजी बजारका उनी विज्ञ मानिन्छन्।

ढुंगाना राष्ट्र बैंकमा जानुअघि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा जागिरे थिए। सहायक पदबाट जागिर सुरू गरेका उनले त्यहाँ पाँच वर्ष बिताएका थिए। 

त्यसपछि राष्ट्र बैंकमा अधिकृतमा नाम निकालेर उनी नियामकीय भूमिका पुगे। २०६२ सालमा उनी निर्देशक भए। २०७० सालमा उनी कार्यकारी निर्देशकमा बढुवा भएका थिए। केही महिनाअघि अवकाश भएका उनी अर्को नियामक बोर्डको विज्ञ सदस्यमा नियुक्त भएका थिए। 

ढुंगाना आगामी गभर्नरको दौडमा पनि लागेका थिए। उनले वित्तीय क्षेत्रको नियामकमा चर्कौ प्रतिस्पर्धा देखेपछि पुँजी बजारको नियामक प्रमुखका लागि आवेदन दिएका थिए। आठ जनाले दिएको आवेदनमा ढुंगानालाई सरकारले नियुक्ति दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।