logo

काठमाडौंमा मंगलबार अष्ट्रेलियन एजुकेशन फेयर हुने

    1130   पटक पढिएको

३० साउन / अर्थ र व्यापार – एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । साउन ३१ गते होटल अन्नपूर्ण काठमाडौंंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने छ । वर्षको तीनपटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ ।

सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । सम्वन्धित कलेज र युनिभर्सिटीका रिजनल म्यानेजर, स्टुडेण्ट म्यानेजर, प्रोफेसर, एकेडेमीक प्रमुख लगायतको उपस्थित रहने छन् । फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतीहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गर्छन् ।

फेयरमा उपस्थित रहेका अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संवाद हुनेहुँदा अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्नेछन् । फेयरले कन्सल्टेन्सिहरु धाउँदै हिड्नु पर्ने बाध्यतालाई थोरै भए पनि हल गर्ने छ । किनकि १६ वटा युनिभर्सिटी तथा कलेजहरुको विषयमा विद्यार्थीहरुले केही घण्टामै बुझ्न पाउनेछन् ।

फेयर बिहान एघार बजेबाट दिउँसो चार बजेसम्म सञ्चालन हुने छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।