logo

‘एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’ बाट स्ट्याण्डर्ड चार्टर्ड नेपाल सम्मानित

    1257   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल, एसिया बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड (२०१७) बाट सम्मानित भएको छ । यो अवार्डको आठौं संस्करण सिंगापुरमा एक कार्यक्रमबीच अगस्ट १ २०१७ मा सम्पन्न गरिएको थियो । इम्प्लोयर ब्रााण्डिङ इन्स्टीच्युट, वर्ल्ड एचआरडी कंग्रेस र रणनीतिक साझेदारद्वारा हरेक वर्ष प्रदान गरिने सो अवार्ड नेपालको तर्फबाट सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ग्रहण गरेको थियो ।

इतिहास र व्यवस्थापनमा स्नात्तकोत्तर गरेका, ८ वर्षभन्दा बढी अनुसन्धानको अनुभव हासिल गरेका एशियाका स्वतन्त्र प्रोफेसनल व्यक्तिहरुको एक समूहले प्रत्येक राष्ट्रमा उत्कृष्ट रोजगारदाताका सम्बन्धमा बेग्ला बेग्लै अनुसन्धान गरेका थिए र उक्त अध्ययन उपर निर्णायक मण्डलका वरिष्ठ नेताहरु, अनुसन्धानकर्ताहरु र विज्ञहरुले निर्णय गरेका थिए ।

विजेताहरुको छनौट एचआर मा ती संसथाहरुले अपनाएका रणनीतिक योजना, त्यो योजनाको कार्यान्वयन, व्यवसायिकरण र संस्थाको सुदृढ भविष्यका लागि अपनाइएका नीतिहरु सहितको समग्र दूरदृष्टिलाई आधार बनाइएको थियो । स्ट्याण्डर्ड चार्टर्डले यस वर्ष पहिले नै यूरोमनि बाट यूरोमनि एक्सिलेन्स अवार्ड र ग्लोबल फाइनान्सबाट बेस्ट डिजिटल बैंक २०१७ पनि प्राप्त गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।