logo

अन्नपूर्ण म्याराथन आइतबार हुने

    2070   पटक पढिएको

१८ जेष्ठ / अर्थ र व्यापार- अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको मुख्य आयोजना र अन्नपूर्ण–काठमाडौं समाज नेपालको सहआयोजनमा आगामी जेष्ठ २० गते आइतबार अन्नपूर्ण म्याराथनको आयोजना हुने भएको छ ।

म्याराथनमा स्वदेशी एवं विदेशी गरि करिब ७० जना सहभागि हुने आयोजकले जनाएको छ । उनीहरु आजै अन्नपूर्ण बेशक्याम्प प्रस्थान गरिसकेको म्याराथ अयोजक समितिको काठमाडौं संयोजक ऋषि भण्डारीले वताए । ४२.१९५ कि.मि को म्याराथन अन्नपूर्ण बेसक्याम्पबाट सुरु भई घान्दु्रकमा पुगेर समापन हुनेछ । समापन कार्यक्रम पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा हुनेछ । सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सहित विभिन्न पर्यटकीय संघ–संस्थाका अध्यक्ष लगायतका अन्य पदाधिकारीहरुको समेत सहभागिता रहनेछ । 

म्याथानमा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, द्वीतियलाई ७० हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै शिर्ष दशमा पर्न सफल सहभागिहरुलाई पनि ८ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।