logo

निगमको पहिलो वाइडबडी जहाज अन्नपूर्णले साउन १६ बाट नियमित उडान गर्ने 

    1937   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको पहिलो नयाँ जहाज 'अन्नपूर्ण'लाई आइतबार एयर अपरेशन सर्टि्फिकेट (एओसी) दिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको चरणबद्ध अध्ययन सकिसकेपछि अन्नपूर्णलाई एओसी दिइएको प्राधिकरणका उप–महानिर्देशक राजन पोखरेलले जानकारी दिए । असारमा ल्याइएको ’अन्नपूर्ण’ले साउन १६ गतेबाट नियमित उडान भर्नेछ ।

अन्नपूर्ण उडानका लागि पाइएलट तयार गरिसकेको निगमले जनाएको छ । अन्नपूर्णका लागि दोहा र दिल्लीबाट उडान अनुमति आउन बाँकी रहेको निगमले उल्लेख गरेको छ। निगमका अनुसार मंगलबारभित्र अन्नपूर्ण उडानका लागि विभिन्न गन्तब्यबाट उडान अनुमतिपत्र आउनेछ । 

निगमले गत वर्ष नागरिक लगानी कोष र कर्मचारी संचय कोषसँग २४ अर्ब रुपैयाँ ऋण लिएर फ्रान्सको एआर कम्पनीसँग दुईवटा एयरबस ३३० खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा एयरबस मध्ये अन्नपूर्ण गत असार १४ गते र मकालु साउन १० गते ल्याइएको हो ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।