logo

अम्बिका पौडेल बने इन्भेष्टर्स फोरमको अध्यक्ष 

    1454   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – नेपाल इन्भेष्टर्स फेरमको अध्यक्ष पदमा अम्बिकाप्रसाद पौडेल र उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । रिक्त रहेको दुवै पदमा फोरमले सर्वसम्मत रुपमा पौडेल र रौनियारलाई चयन गरेको हो । साथै फेरमले दुई जना सदस्य पनि सर्वसम्मत रुपमा चयन गरेको छ ।

यस अघि कायम कार्यसमितिको कार्यकाल सकिने बेलासम्मका लागि मात्र पौडेलको नेतृत्व कायम हुने छ । भदौ २१ गते फोरमका अध्यक्ष आत्मराम घिमिरेले फेरमको अध्यक्ष पदबाट राजिनामा गरेका थिए । त्यसै गरी उपाध्यक्ष रणकेशव प्रधानले भदौं २६ गते राजीनामा गरेपछि रिक्त रहेको अध्यक्ष पदमा पौडेल र उपाध्यक्ष पदमा रौनियार सर्वसहमतिमा चयन भएका हुन् ।

त्यस्तै फोरमको रिक्त कार्यकारिणी सदस्य पदमा अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरिएको फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै फोरमले स्टक एक्स्चेञ्जको प्रमुख कार्यकारी नियुक्ति प्रकृया लम्बिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

‘लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहन गएकोमा पूँजीबजार विकासका लागि सक्षम योग्य एवं अनुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि सरकारसँग फोरम माग गर्दछ ।’ फोरमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।