logo

सरकारले पर्याप्त विद्युत् उपलब्ध नगराएपछि उद्योगीले आफै विद्युत् उत्पादन गर्न थाले

    951   पटक पढिएको

 ६ पुष / अर्थ र व्यापार - पछिल्ला दिनमा आर्थिक एवम् औद्योगिक नगरीका रूपमा स्थापित हुँदै गएको भैरहवा बुटवल क्षेत्रमा विद्युत्को माग बढ्दै गए पनि उद्योगीले मागेअनुसार ऊर्जा पाएका छैनन् । दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अर्घाखाँची सिमेन्ट उद्योग, श्री स्टिलगायतले मागअनुसारको ऊर्जा नपाएपछि आफ्नै प्लान्ट राखेर उद्योग सञ्चालन गरिरहेका छन् ।

विद्युत् उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरणले सबस्टेशनको विस्तार तथा प्रसारण लाइन निर्माणको काम गरिरहेको भए पनि समयमा सम्पन्न हुन नसक्दा ती उद्योगले आफ्नै प्लान्टबाट विद्युत् उत्पादन गरेका छन् । अर्घाखाँची सिमेन्ट उद्योगले हाल प्राधिकरणबाट कूल १० मेगावाट विद्युत् लिइरहेको छ । सो उद्योगलाई थप १० मेगावाट विद्युत् आवश्यक परेको छ ।

‘मागअनुसारको विद्युत् आपूर्ति नभएका कारण हामीले आफ्नै प्लान्ट सञ्चालन गरेका छाँं र अपुग विद्युत् उत्पादन गरेका छौँ’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्योगका सञ्चालक पुशपति मुरारकाले भने ।

प्राधिकरणले थप विद्युत् उपलब्ध गराउने वचन दिएको भन्दै उद्यमी मुरारकाले आगामी दिनमा उद्योग पूर्ण क्षमतामा चल्ने विश्वास व्यक्त गरे । उद्योग पूर्ण क्षमतामा आउँदा दैनिक ७ हजार टन सिमन्ट उत्पादन हुन्छ । कूल ७ अर्ब रुपैयाँ लगानीमा अर्घाखाँची सिमेन्ट उद्योग स्थापना भएको हो । उद्योगले सिमेन्ट उत्पादनमा नेपाली बजारको मागलाई सम्बोधन गर्नसमेत सहयोग पुगेको छ ।

उनले सबस्टेशन निर्माणका क्रममा रहेकाले निकट भविष्यमा नै थप विद्युत् प्राप्त हुने र उद्योगको क्षमता थप विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिए । प्राधिकरणले धकधहीमा सबस्टेशन निर्माण गरिरहेको छ । त्यस्तै श्री स्टिलका सञ्चालक राजेश अग्रवालले पनि विगत एक वर्षदेखि रुपन्देहीको धकधहीमा १२ बिगाहा क्षेत्रफलमा श्री स्टिल उद्योग सञ्चालनमा ल्याएका छन् ।

उद्योगले २ लाख ५० हजार मेट्रिक टन रड उत्पादन गर्ने क्षमता राख्दछ । तर प्राधिकरणको विद्युत् उपलब्ध नभएका कारण उद्योग आफैले फरनेस आयलको प्रयोग गरेर ६ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । उद्योगसम्म पुग्ने प्रसारण लाइन प्राधिकरणले निर्माण गर्दा लामो समय लाग्ने भएकाले आफूहरूले १० करोड रुपैयाँ खर्च गरेर प्रसारण लाइन निर्माण गरिरहेको र निकट भविष्यमा नै जोडिने अग्रवालले जानकारी दिए ।

विश्वस्तरीय रड उत्पादन गरेको दाबी गर्दै उद्यमी अग्रवालले विद्युत् उपलब्ध गराइदिन पटक–पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे । उद्योगले २४० कामदारलाई प्रत्यक्ष रोजगारी दिएको छ । उद्योगले ८ एमएमदेखि ४० एमएमसम्मको डण्डी उत्पादन गरिरहेको छ । पूर्णरूपमा स्वचालित प्रणाली जडान गरिएको सो उद्योगलाई थप विस्तार गर्ने लक्ष्य राखिएको छ । सरकारले आर्थिक समृद्धिको लक्ष्य राखेका सन्दर्भमा देशभित्रै उद्योगको विस्तार र प्रवद्र्धनका लागि थप विद्युत् उपलब्ध गराउनुपर्ने उद्यमी अग्रवालको भनाइ छ ।

भैरहवा तथा बुटवल आसपासका क्षेत्रमा नयाँ उद्योगसमेत थपिने क्रम बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको तथा नेपाल–भारत सीमा क्षेत्रसमेत अन्य स्थानको तुलनामा थप व्यवस्थित रहेकाले पनि सो क्षेत्रमा उद्योग स्थापना गर्नेको सङ्ख्यामा वृद्धि भएको बताइन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।