logo

पश्चिमाञ्चल क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ सकियो

    1465   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – पश्चिमाञ्चल क्षेत्रमा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । क्षेत्रीय कृषि निर्देशनालयले दिएको तथ्यांकका आधारमा पश्चिमाञ्चलका १६ जिल्ला मध्ये मनाङ र मुस्ताङबाहेक १४ जिल्लामा हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ भएको हो । 

पश्चिमाञ्चल क्षेत्रमा ३ लाख १५ हजार ४ सय ३८ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये हालसम्म २ लाख ९९ हजार ६ सय ६६ हेक्टर अर्थात् ९४.५ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । अझै पनि धान रोपाइँ चलिरहेकाले यो प्रतिशत केही बढ्न सक्ने छ । कपिलवस्तु, गोर्खा र लमजुङमा हालसम्म करिब ८५ प्रतिशत मात्र रोपाइँ भएको छ । 

यस वर्ष वर्षा ढिलो भएको र निर्वाचनका कारणले पनि अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत रोपाइँ कम भएको छ । मनाङ र मुस्ताङमा अध्यधिक चिसोका कारणले धान खेती हुँदैन । त्यस्तै कास्की, म्याग्दी, बाग्लुङ, रुपन्देही, पाल्पा र नवलपरासिमा यस वर्ष शतप्रतिशत धान रोपाइँ भएको छ ।

कास्कीमा २५ हजार ६ सय हेक्टरमा धान खेती हुने गरेको छ । तनहुँमा हालसम्म करिब १२ हजार ५ सय ४० अर्थात् ९५ प्रतिशत धान रोपाई भएको छ । तनहुँमा १३ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । रुपन्देहीमा ६९ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । पर्वतमा ९८ प्रतिशत, गुल्मीमा ९० प्रतिशत, अर्घाखाँचीमा ९८ प्रतिशत, कपिलवस्तुमा ८५ प्रतिशत धान रोपाइँ भएको छ ।

गोर्खामा १२ हजार ८९ हेक्टरमध्ये १० हजार २ सय ७५ हेक्टर अर्थात् ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ भने लमजुङमा १५ हजार ५ सय ५३ हेक्टरमध्य १३ हजार २ सय २० हेक्टरमा धान रोपिएको छ । स्याङ्जामा १६ हजार ८ सय हेक्टरमध्य १६ हजार ४ सय ६४ हेक्टरमा अर्थात ९८ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।