logo

६६ करोड ४० लाखको रकम डोटीमा फ्रिज

    1715   पटक पढिएको

६ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष २०७३/०७४ को अन्तिम १० दिनमा डोटी जिल्लामा ६९ करोड, ६६ लाख ३९ हजार दुई सय ६५ रुपैयाँ खर्च भएको छ । जिल्लामा फेरी पनि ६६ करोड ४० लाख ८९ हजार सात सय ३० रुपैयाँ फ्रिज भएको छ । गत असार २१ गतेसम्मको पुजिँगत तर्फ जम्मा ५५ प्रतिशत मात्रै रकम खर्च भएकोमा असार मसान्तसम्म ७८.७९ प्रतिशत खर्च भएकोे छ । 

गत आवमा जिल्लाका लागि चालुतर्फ चार अर्ब, २३ करोड, ८३ लाख, ४८ हजार, पाँच सय ४३ र पुँजीगततर्फ एक अर्व ८२ करोड, ६४ लाख, २५ हजार आठ सय ८८ गरी ६ अर्व ६ करोड, ४७ लाख, ७४ हजार, चार सय ३२ रुपैयाँ बजेट बिनियोजन भएको थियो । सोमध्ये चालुतर्फ तीन अर्व, ९६ करोड, १६ लाख, सात हजार, तीन सय १० र पँजीगततर्फ एक अर्व, ४३ करोड, ९० लाख, ७७ हजार, तीन सय ८४ गरी पाँच अर्व ४० करोड, ६ लाख, ८४ हजार ६ सय ९५ रुपैयाँ खर्च भएको छ । 

असार २१ गतेसम्मको  तथ्याँक अनुसार पुँजीगततर्फ ६९ करोड ७१ लाख रुपैयाँ बजेट खर्च हुन बाँकी थियो । तर, १० दिनमै पुँजीगततर्फको रकम ३० करोड, ९७ लाख, ७५ हजार, चार सय ९७ खर्च भएको छ । यस्तै सो अवधीमा चालुतर्फ ६६ करोड ३६ लाख पाँच हजार रुपैयाँ खर्च हुन बाँकी देखिएको थियो भने १० दिनमा ३८ करोड, ६ध८ लाख, ६३ हजार, सात सय ६८ खर्च भएको छ । अब चालु तर्फ २७ करोड, ६७ लाख, ४१ हजार दुई सय ३२ र पुँजीगततर्फ ३८ करोड, ७३ लाख, ४८ हजार, पाँच सय तीन  रकम फ्रिज भएको छ । 

चालु तर्फ ६.५३ र पुँजीगततर्फ २१.२१ प्रतिशत फ्रिज भएको भएको छ । कुल बजेटको ८९ प्रतिशत रकम खर्च भएको छ । आर्थिक बर्ष २०७२/०७३ मा डोटी जिल्लामा कुल वजेटको ९० प्रतिशत खर्च भएको थियो । यस वर्ष डोटीमा ११ करोड, ३७ लाख, ८९ हजार तीन सय १ रुपैयाँ राजश्व संकलन भएकोे छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।