logo

बल्ल सवारीसाधन गुड्न मिल्नेगरी सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज

    380   पटक पढिएको


६ कात्तिक/अर्थ र व्यापार – गत असोजको भिषण बाढीले बगाएको २५ दिनपछि सिन्धुली–रामेछापमा बेलिब्रिज बल्ल सञ्चालनमा आएको छ ।
सडक विभाग र नेपाली सेनाले जडानको काम सकेपछि अहिले यात्रुवाहक सवारीसाधन गुड्न मिल्ने गरी मंगलबारबाट यो पुलमा गाडी गुड्न थालेका हुन्।
सडक विभाग र नेपाली सेनाको सहयोगमा यो बेलिब्रिज तयार भएको हो । सडक विभागले हेटौंडाबाट ५ ट्रक बढी सामग्री सिन्धुली पु¥याएर बीपी राजमार्गसँग सम्बन्ध स्थापित गरेको जनाएको छ ।
मंगलबारबाट यो पुलबाट माइक्रो, सुमो, बस रामेछाप सिन्धुली आउजाउ गर्न सक्ने व्यवस्था गरिए अनुसार सवारी साधन आवत जावत गर्न थालेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सिभिल इिन्जनीयर शुभराज न्यौपानेले जानकारी गराए । उनले ढुवानीका साधन चल्न भने पुलको भारलोड थप चेकजाँच गर्नुपर्ने बताए ।
यो पुल बगाउने लगायत असोज ११ मा आएको भिषण बाढीबाट बीपी राजमार्गसहितका सडकमा धेरै क्षति पु¥याएको थियो ।
रोशी खोलाले बगाएको बीपी राजमार्ग अस्थायी रुपमा दशैँअघि सुरु भए पनि रामेछाप र सिन्धुली जोड्ने बेलिब्रिज नहुँदा लामो सयम घुमेर हिँड्नुपर्ने बाध्यता यात्रुहरुलाई थियो । अब यो पुलबाट गाडी हिंड्न थालेपछि धेरै सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।