logo

एमाले पार्टी कार्यालयमा पस्यो बागमती खोलाको बाढी , भयो भागदौड

    339   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार – सोमबार रातिदेखि र मंगलबार बिहानको भारी वर्षाले बागमती खोला उर्लिएर आएपछि ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ ।
उर्लिएरको बागमती खोला पसेर नेकपा एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेका छन् । ठुलो बाडी पसेपछि मंगलबार एमाले पार्टी कार्यालय परिसरभित्र केही समय भागदौड नै मच्चिएको थियो ।

सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ भने मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको सडक पनि डुवानमा परेर यातायात आवतजावत बन्द गरिएको छ । यसवर्ष एमाले कार्यालयमा बाढी पसेको यो तेस्रो पटक हो । पछिल्लो पटक गत साता पनि डुवानमा परेको थियो ।
मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ । पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा परेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।