logo

पैसा नतिरेपछि नेपालमा चल्ने सबै भारतीय च्यानल काटियो, ७४ च्यानल आजदेखि बन्द

    329   पटक पढिएको


१७ साउन/अर्थ र व्यापार – केवल टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण बिहीबारदेखि नेपालमा चल्ने सबै भारतीय च्यानल काटिएको छ ।
सरकारले टेलिभिजन हेरेअनुसाको शुल्क लाग्ने व्यवस्था (अलाकार्ट)लागू गरेको र कार्यविधि बनाउन गरेको ढिलाइका कारण टेलिभिजनहरुले पैसा पठाउन नसकेका कारण सबै भारतीय च्यानल काटिएको छ ।
केवल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीका अनुसार नेपालले सेवा प्रयोग गरेवापत तिर्नुपर्ने शुल्क तिर्न नसकेका कारण भारतका मुख्य चार टिभी च्यानल प्रसारण कम्पनीहरु स्टार, सोनि, जी र कलर्सबाट आउने सबै च्यालन बन्द भएको छ ।
सरकारले टेलिभिजन हेर्नका लागि अलाकार्ट सिस्टम लगाएपछि त्यसको कार्यान्वयनमा जाँदा कुनले कति पैसा तिर्नुपर्ने, कति पैसा लाग्यो भन्ने विषयमा स्पष्ट पार्ने कार्यविधि बन्न नसकेको कारण सबै च्यानल काटिएको हो ।
भारतीय चारवटा च्यानलमा स्टारको ३२ वटा, सोनीको १८ वटा, कलरको ८ वटा जीको १२ वटा च्यानल आउँथ्यो त्यो सबै काटिएको महासंघका अध्यक्ष पराजुलीले जानकारी दिए । यसरी काटिएका च्यानल करीब ७४ वटा छन् ।
उनका अनुसार टेलिभिजन सञ्चालकले पैसा तिरिहेको भएपनि डिस्ट्रिव्युटरले सटही सुविधा नपाउँदा पैसा बाहिर लैजान नपाएको कारण टेलिभिजन च्यानल बन्द भएको पराजुलीले जानकारी दिए ।
टेलिभिजिन ड्रिस्टिव्यूटर्सले पठाउने पैसासम्बन्धि कार्यविधि बनाउन सञ्चार मन्त्रालयले गरेको ढिलाइसको शिकार नेपाली टेलिभिजन सेवाप्रदायक हुन पुगेका हुन । ड्रिस्टिव्यूटर्सले एक वर्षदेखि पैसा पठाउन सकेका छैनन् । सरकारले पैसा पठाउने आधार तय नगरिदिएको कारण अहिले समस्या आएको उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।