logo

एक लाख तिरेर भाडाका चोर प्रयोगगरि बीमा रकम असुल्न आफ्नै पसलबाट सवा २ करोड लुटपाट

    431   पटक पढिएको


१९ असार/अर्थ र व्यापार – २०८१ असार १ गते । समय राति ८ बजेर २० मिनेट । चितवनको कालिका नगरिपालिका वडा न. ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा विजय विश्वकर्मा र बापिधर गौतम व्यस्त थिए । सो पसलका व्यवस्थापक विश्वकर्मा र गौतम सुनका गर गहना बनाउन व्यस्त थिए ।
त्यतिबेलै पसल अगाडिको सडकमा एउटा मोटरसाइकल रोकियो । कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाईकल सडक छेउमै पार्किङ्ग भयो । र, त्यो मोटरसाइकलमा सवार दुई जना छेउकै घरको माथिल्लो तलामा रहेको बिनोद सुनचाँदी पसलमा प्रवेश गरे ।
त्यो अज्ञात समूहको मुखमा मुखौरो । हातमा खुकुरी र चक्कु । विजय विश्वकर्मा र बापिधर गौतम डराए । अज्ञात दुई व्यक्तिले धारिलो खुकरी र चक्कु घाँटीमा राख्दै पसलभित्र राखिएको पैसा र गरगहना दिन धम्की दिए ।
डर त्रासले विजय र बापिधरले प्रतिकार गरेनन् । उनीहरूले पसलमा रहेको २ करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँबराबरको सुनचाँदी र हिराको विभिन्न डिजाइनको गरगहना लुटेर भागे ।
लगत्तै विजय र बापिधरले पसलका सञ्चालक बिनोद सुनारलाई खबर गरे । बिनोद पनि केही समयपछि त्यहीँ पुगे । उनीहरू मिलेर जिल्ला प्रहरी कार्यालय चितवनलाई खबर गरे । प्रहरी घटनास्थलमा पुग्यो । चितवन प्रहरीले सोही दिनदेखि अनुसन्धान थाल्यो । प्रहरीले लामो अनुसन्धान ग¥यो । चोरको खोजी ग¥यो । तर, भेटाएन । त्यसपछि स्थानीय प्रहरीले केन्द्रसँग सहयोग माग्यो । नेपाल प्रहरीको हेड क्वाटरले केन्द्रीय अनुसन्धान ब्यूरोलाई सहयोगका लागि पत्र पठायो ।
सीआईबीले इन्स्पेक्टर शान्ता लामाको नेतृत्वमा टोली अनुसन्धानमा खटायो । सीआईबीले अनुसन्धान गर्दा त्यो पसल लुट्ने तिनै पसलका सञ्चालक बिनोद सुनार नै रहेको खुलासा भयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार सञ्चालक सुनारले यो सबै योजनाबद्ध रुपमा गरेका रहेछन् ।
सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनले पसलको बीमा गरेका रहेछन्, सो बीमा असुल्नका लागि सो योजना बुनेको अनुसन्धानबाट खुलेको बोगटी बताउँछन् ।
‘बिनोद सुनार स्वयमले योजना बनाई बीमा रकम ठगी गर्ने मनसायले चोरी तथा डाँका गर्न लगाएकोमा उक्त कार्यमा संलग्न पाँच जना ब्यक्तिहरू पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–२०, चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ,’ सीआईबीले भनेको छ ।
प्रवक्ता बोगटीले पसल सञ्चालक सुनारले नै दुई जना (पूर्ण बहादुुर र पवन कुमार)लाई ५०÷५० हजार रुपैयाँ दिएर चोर्न लगाएको अनुसन्धानबाट खुलेको बताए । बोगटीका अनुसार पसल घाटामा गएपछि बीमा गरेको रकम असुल्नका लागि यो योजना गरेका थिए । उनले पसलबाट झण्डै तीन केजी सुन र ३५ केजी चाँदी लुटपाट गराएको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
सीआईबीका अनुसार पक्राउ पर्नेमा बिनोद सुन चाँदी पसलका सञ्चालक बिनोद सुनार (योजनाकार), सो पसलका मेनेजर विजय विश्वकर्मा, पूर्ण बहादुर बिश्वकर्मा, पवन कुमार पासवान र चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने अन्जना पुडासैनी रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । उनीहरु दमौली र नवलपरासी लगायतका ठाउँहरुबाट पक्राउ परेको बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।