logo

एसिड पीडित सांसदको पीडा सुनेपछि भक्कानिए कानुन मन्त्री गिरी 

    504   पटक पढिएको


१८ जेठ/अर्थ र व्यापार – प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंसाकारको पीडा सुनेपछि कानुनमन्त्री पदम गिरी भावुक बनेका छन् ।
११ वर्षअघि भएको घटनामा अहिलेसम्म क्षतिपूर्ति नपाउँदा घर लिलाम हुन लागेको उनले सुनाएकी थिइन् ।‘आजको दिनमा मेरो दुई वटा घर – एउटा लिलाम भइसकेको छ, एउटा लिलाम हुने प्रक्रियामा छ, बारम्बार नोटिस आइरहेको छ’
उनले समितिमा भनिन्, ‘मेरो बैंक एकाउन्ट फ्रिज गरिएको छ । चाहेको बेला मैले आफूले पाउने भत्ता निकाल्न पाउँदिनँ ।’ कंसाकारले आफ्नो बैंक खाता पनि प्रयोग गर्न नपाएको बताउँदै भनिन्, ‘आजको दिनसम्म पनि मैले घरबाट पैसा मगाएर आफू बसिरहेको फ्याल्टको पैसा तिर्नुपर्ने र हिंड्नुपर्ने अवस्था छ, न्याय यही हो ?’
त्यसक्रममा कानूनमन्त्री गिरीले भावुक बन्दै आँशु खसालेका थिए । ‘माननीयज्यूले आफ्नो कुरा सुनाइरहँदा पनि मन्त्रीज्यूले माथितिर हेरिरनु भएको नोटिस गरेको थिएँ’, कानूनमन्त्रीका प्रेस संयोजक श्रीधर पौडेलले भने, ‘उहाँले (कंशाकार) फोटो देखाएपछि मन्त्रीज्यू भावुक हुनुभयो ।’
कानूनमन्त्री गिरीले त्यसपछि ‘तपाईंहरु यसभन्दा अगाडि पनि माननीयज्यूसँग बसेर छलफल गुर्नभयो, तपाईंहरुलाई सामान्य लाग्यो । तर, मलाई लागेन’ भनेका थिए ।
उनले यो संवेदनशील विषय भएको बताउँदै गम्भीरताका साथ लिएको बताए ।
‘यत्तिका समयसम्म पीडितले भनेक दुःख गरेर उपचार गर्नुपर्यो, अनेक ऋण धन गरेर उपचार गर्नुपर्यो । त्यही कारण घर नै लिलाम भयो’, उनले भने, ‘यो धेरैको चोट हो, समाजको घाउ हो । मैले क्षतिपूर्ति दिलाउन पहल गर्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।