logo

करोडौं मूल्य पर्ने गौशाला चोकको घरमा महानगरले चलायो डोजर

    376   पटक पढिएको


६ जेठ/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले आइतबार काठमाडौको गौशाला चोकमा सडक मिचेर बनाईएका करोडौं मुल्य पर्ने घरहरूमा डोजर लगाएर भत्काएको छ । ४ वटा डोजर प्रयोग गरेर सडक किनारमा अतिक्रमण गरी बनाइएका घर, पसल तथा अन्य संरचना भत्काइएको हो ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अघि सूचना जारी गरेको थियो । यस्तै १५ दिनदेखि सो क्षेत्रका घर भत्काउन माइकिङ गरे पनि स्थानीय घरधनीले आफैं नभत्काएपछि महानगरपालिकाले आइतबार डोजर चलाएको बताएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बनेपछि बालेन्द्र (बालेन) साहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । काठमाडौको गौशाला चोकको घर भत्काउँदा घरधनीहरू आक्रामक बनेका छन् । महानगरपालिकाका अनुसार आइतबार पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ । महानगरले अहिले सांकेतिक रुपमा ६ वटा घर भत्काए पनि अन्य घर नभत्काएमा अन्य घरहरु पनि भत्काउने बताएको छ । महानगरले सो क्षेत्रमा तीन दजर्न बढी घरमा अझै डोजर चलाउने बताएको छ ।
अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको जानकारी दिए । आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।
काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
‘सडक विभागको २०३५ सालदेखि मापदण्ड अनुसार सडक सीमामा घरहरु बनाएर भाडा उठाइरहे पनि अहिले मात्रै भत्काउन सकेका हौं,’ नगर प्रहरी प्रमुख पाण्डेले भने, ‘अहिले सांकेतिक रुपमा ६ वटा पक्की ठूला घरहरु भत्काएर काम सुरु गरेका छौं । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरु पनि भत्काउँछौं ।’ अब बाँकी घरहरु पनि घरधनीले नभत्काई अटेर गरिबसे महानगरपालिकाले डोजर लगाएर भत्काउने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।