logo

मल्ल ( प्रधानाङ्ग) प्रतिष्ठानमा डा. माधव सुन्दर मल्ल

    951   पटक पढिएको


२५ बैशाख/अर्थ र व्यापार – मल्ल ( प्रधानाङ्ग ) प्रतिष्ठानको २५ औं बार्षिकोत्सव (रजत महोत्सव) एवं साधारण सभा तथा अधिवेशन भक्तपुरको सल्लाघारी स्थित नेवास् ननि रेष्टुरेन्टमा भव्यतापूर्वक सम्पन्न भएको छ । सो अधिवेशनले डा.माधव सुन्दर मल्लको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको सदस्यहरूमा क्रमशः प्रा.डा.राजाराम प्रधानाङ्ग, विजय शंकर प्रधानाङ्ग, राजेश भगत प्रधानाङ्ग, अनिल मल्ल, मृगेन्द्र बहादुर प्रधानाङ्ग, कृष्ण बहादुर प्रधानाङ्ग, राजेश चन्द्र प्रधानाङ्ग र दिनेश प्रसाद प्रधानाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।
कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि वरिष्ठ राजनितिज्ञ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ूमल्लकालीन कला, संस्कृति र सम्पदा विश्व सामु राष्ट्रकै गौरवको रूपमा रहेको सशक्त पहिचान र राष्ट्रियता भएको बताए । शुभकामना मन्तव्यकै क्रममा अतिथिहरू राजुमृगेन्द्र जोशी र ई. शंकर कृष्ण मल्लले ू पुर्खाको धरोहरको रूपमा रहेको अनुपम कला, संस्कृति र सम्पदाको संरक्षण र सम्वर्द्धन कार्य सबैको दायित्व भएको र भावी पुस्तालाई त्यसको जानकारी गराई दायित्वबोध गराउने कार्यमा प्रतिष्ठान लागिपर्नेमा विश्वस्त रहेको बताए ।
सोही समारोहमा प्रमुख अतिथि नारायणमान बिजुक्छेंले प्रतिष्ठानको मुखपत्र ूतलेजुू स्मारिकाको पाँचौ अङ्कको सार्वजनिकिकरण गरेका थिए भने इ. प्रचण्डमान मल्ल, तलेजु स्मारिकाका अतिथि सम्पादक राजुराम मुनंकर्मी र शैक्षिक कोषका दाताहरू अशोक मल्ल, अनुप मल्ल र दिपक मल्ललाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्रतिष्ठानले वर्षेनी प्रदान गर्दै आईरहेको जेहेन्दार छात्रबृत्ति यो वर्ष क्रमशःअञ्जलि प्रधानाङ्ग अर्पण प्रधानाङ्ग ९१२ कक्षा० अयुषा प्रधानाङ्ग करिषा प्रधानाङ्ग ,कृतिषा प्रधानाङ्ग रूहाना प्रधानाङ्ग , स्मृति प्रधानाङ्ग , युविन प्रधानाङ्ग , विधानिका अधिकारी ,सौगत राज श्रेष्ठ र श्रेयषी मास्के लाई प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि, अतिथि र प्रतिष्ठानका सम्पूर्ण सदस्यहरूलाई उपाध्यक्ष प्रा.डा. राजाराम प्रधानाङ्गले स्वागत गरेका थिए भने सदस्य उत्तम नारायण मल्लले कृतज्ञता ज्ञापन गरेका थिए ।
इ.सुदिप हाडाले सञ्चालन गरेको सो कार्यक्रममा महासचिव विजय शंकर प्रधानाङ्गले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजेश भगत प्रधानाङ्गले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
सोही समारोहमा आकर्षणको रूपमा रहेको परम्परागत नृत्य ूकुमारी नृत्य ू को प्रदर्शन र नेपाल मुद्रक संघबाट मल्लकालीन मुद्राहरू समेतको प्रदर्शन गरिएको थियो भने रक्तदान कार्यक्रमका जम्मा २१ जना सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।