logo

२८ र २९ फागुनमा लुम्बिनीमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुँदै

    452   पटक पढिएको


१४ फागुन/अर्थ र व्यापार – भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आगामी २८ र २९ फागुनमा हुने बालबालिकाको विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय शिखर सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ ।
लरिएट्स एन्ड लिडर्स नाम दिइएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेतासहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् । सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो । सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।
विश्वमा हालसम्म तीनवटा यस्ता शिखर सम्मेलन भएकाले यो चौथो शिखर सम्मेलन हुने प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताए । केसीका अनुसार शिखर सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित २० जना अति विशिष्ट व्यक्तिहरू बालबालिका र शान्ति क्षेत्रका विज्ञ, विकास साझेदार, प्राज्ञिक सम्मेलनमा सहभागी हुन आउने छन् ।
‘अहिलेसम्म नोबेल पुरस्कार विजेता ९ जना र २० जना अति विशिष्ट व्यक्तिहरू, विकास साझेदार तथा नेपालका सरकारी निकाय,नागरिक समाज र निजी क्षेत्रका २ सय जनाको सहभागिता हुने निश्चित भएको छ’ उपाध्यक्ष डा. केसीले भने ।
‘हामी तयारीमै केन्द्रित छौं, कतिपय कानुनी अड्चन पनि भएकाले काम गर्न ढिलाई भएको छ, एक दुई दिनमै शिखर सम्मेलनबारे विस्तृत विवरण जानकारी गराउने छौं,’ प्रदेश योजना आयोगको ब्यानरमा शिखर सम्मेलन हुने उपाध्यक्ष केसीले बताए ।
प्रदेश सरकारले शिखर सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर लेस्टेका पूर्वराष्ट्रपति जोजे रामोस ओर्टा, जोडी विलियम्स, २०११ का संयुक्त विजेता लेहम बोबी र टुवाको कम्र्यान, सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता अब्देस सतार वेन मौसा र विदेद बुसामाबुई तथा चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस,रसायन शास्त्रका नोबेल विजेता एरी वार्सल सहभागी हुने तय भएको उपाध्यक्ष .केसीले जानकारी दिए ।

सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टि च्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने केसीले जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरी विश्वभर चिनाउने र लुम्बिनीको विकासको लागि साझेदारहरूको ध्यान आकषिर्त गर्न प्रदेशमा मात्र नभई नेपालकैे ठूलो शिखर सम्मेलन भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । शिखर सम्मेलनमार्फत् लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न सके लगानीका लागि दातृ निकायहरू लुम्बिनी खोज्दै आउने र लुम्बिनीबाटै मुलुकको आर्थिक विकास सम्भव हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।