logo

१३ फागुनबाट आन्दोलनमा उत्रिँदै किसान, माग पूरा नभएसम्म जारी राख्ने चेतावनी

    380   पटक पढिएको


१० फागुन/अर्थ र व्यापार – दूध उत्पादक किसानहरूले आगामी फागुन १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किसानहरूले आफ्ना १६ बुँदे माग पुरा गराउन आगामी आइतबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
दुग्ध विकास संस्थान लगायत निजी डेरी उद्योगहरुले दुधको करिब ६ अर्ब बक्यौता रकम भुक्तानी नगरेको भन्दै किसानहरूले सो दिनदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । किसानले आगामी १३ देखि १७ फागुनसम्म निरन्तर आन्दोलन गर्ने र त्यसपछि पनि माग पुरा नभएसम्म राजमार्गहरूमा चक्काजामदेखि धर्ना तथा विरोध प्रदर्शन गर्ने बताएका छन् ।
सो आन्दोलन नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जाल र अखिल नेपाल किसान महासंघको पहलमा हुन लागेको हो । किसानले १३ फागुनमा राजनीतिक दलका शीर्ष नेताहरूसमक्ष मागपत्र प्रस्तुत गरी संसदीय दलका प्रमुख सचेतकहरूलाई मागहरू बारे जानकारी गराउँदै छन् ।यसैगरी, १४ फागुनमा मागहरूका बारेमा संघीय संसद कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, आगामी १४ र १५ १० फागुनमा ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बिहान १० देखि १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापनपत्र बुझाउने बताइएको छ ।
त्यसैगरी, आगामी १६ फागुनमा दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई बुझाउने र १७ फागुनको बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरुमा शान्तिपूर्ण रुपमा चक्काजाम गराउने किसानहरूले बताएका छन् ।
त्यसपछि आगामी २१ फागुनदेखि भने माग पूरा नभएसम्म माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन निरन्तर जारी राख्ने किसानहरूको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।