logo

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित, सहकारीमा बचतबारे पुरानै व्यवस्था

    517   पटक पढिएको


२४ माघ/अर्थ र व्यापार – सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकले विधेयक बहुमतले पारित भएको हो। सत्तारुढ दलका सांसदका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु पनि विधेयकको पक्षमा उभिएका छन्।
सभामुख देवराज घिमिरेले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलका सांसदले भने विपक्षमा मत जाहेर गरे ।
सरकारले एक वर्षअघि अर्थात गत २७ माघमा विधेयक संसद्मा दर्ता गराएको थियो । त्यसको तीन महिनापछि बल्ल समितिमा पुगेको थियो। समितिले पनि आफूकहाँ प्राप्त भएको तीन महिनापछि बल्ल ११ सदस्यीय उपसमिति गठन गरेर दफाबार छलफल अगाडि बढाएको थियो ।
उपसमितिले १२ मन्त्रालयका अधिकारी र विषय विज्ञ तथा संशोधनकर्ता सांसदसँग १२ वटा बैठकमा छलफल गरी प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन गत असोज २५ गते प्रतिनिधि सभाको बैठकमा पेस गरिएको थियो।
सरकारले कालो धन सहकारीमा बचत गर्ने क्रम बढेको निष्कर्षमा विधेयकमा २५ लाखको सीमा प्रस्ताव गरेकामा एमालेका सांसदहरुको अरुचीमा समितिले त्यो प्रस्ताव हटाएर प्रतिवेदन तयार पारेको थियो।
यही संशोधन प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। क्यासिनो सञ्चालनका लागि ५ किलोमिटरको दूरी तोक्ने र क्यासिनो सञ्चालनको इजाजतपत्रप्राप्त व्यक्तिले ग्राहकबाट करबापत कट्टा गरिएको रकम कट्टा भएकै दिन राजस्व खातामा जम्मा गर्नु पर्ने व्यवस्था प्रतिनिधि सभाबाट पारित भएको छ।
पारित विधेयक अनुसार कुनै पनि कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न पाउने छैनन्। एकभन्दा बढी क्यासिनो सञ्चालन गर्नेलाई कुनै एक रोज्न २०८१ चैतसम्मको समय दिइने छ । सरकारले १९ वटा कानुन संशोधनका लागि विधेयक ल्याएको थियो। यो विधेयक अब राष्ट्रिय सभामा जानेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।