logo

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने अनिवार्य व्यवस्थाका लागि संसदमा संकल्प प्रस्ताव दर्ता

    542   पटक पढिएको


२२ माघ/अर्थ र व्यापार – बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
सोमबार प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले समाजमा बालविवाह व्याप्त रहेको भन्दै नीतिगत रुपमै निर्मूल पार्ने प्रयासका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव लगेकी हुन् ।
अब विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने सो संकल्प प्रस्तावमा उल्लेख छ ।
नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा ५ मा बालबालिका को विवाह गर्न नहुने उल्लेख छ । मुलुकी देवानी संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ ऐनले पनि नीतिगत तहमै बालविवाहलाई अमान्य भनेको छ ।
यस्तो कानुनी प्रावधानमा पनि अझै बालविवाह नरोकिएकाले विवाहपूर्व अनिवार्य २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न आवश्यक भएको संकल्प प्रस्तावमा उल्लेख छ ।
‘जसरी जन्म दर्ता, नागरिकता र अन्य कागजात राज्यले दिन्छ, त्यस्तै विवाहपूर्व सम्बन्धित स्थानीयत तह एवं वडाबाट आफू २० वर्ष पूरा भएको बालिग दर्ता पत्र अनिवार्य लिनुपर्ने व्यवस्था गरियो भने बालविवाहलाई नीतिगत तह बाटै रोक्न सकिन्छ भन्ने अपेक्षा गरेर संकल्प प्रस्ताव लगेकी हुँ’ चौधरीले भनिन् ।
बालबिबाहका कारण नागरिकको स्वास्थ्यमा असर परेको, समाजमा असर परेको र समग्रमा मुलुक नै प्रभावित भएको उनको भनाइ छ । उनले यसो गर्न सकियो भने मात्र समाजबाट बालविवाह प्रथा सजिलै हट्ने दावी गरेकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।