logo

बालकुमारी प्रदर्शनमा एकजनाको मृत्यु, तनावग्रस्त अवस्था नियन्त्रणको प्रयास जारी

    449   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार – कोरिया ईपीएस कार्यालय बालकुमारी अगाडि शुक्रबार बिहानैबाट परिक्षार्थी युवाहरुले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए । जुम्ला स्थायी घर भएका उनी भक्तपुर बस्दै आएका थिए ।
सो झडपमा परि प्रहरीको गोली लागेका अर्का एक जनाको पनि उपचार भइरहेको छ । कोरियामा पानीजहाज निर्माणसम्बन्धी कामका लागि लिइएको भाषा परीक्षामा अनुत्तीर्ण विद्यार्थीले उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन माग गर्दै ईपीएस कार्यालय बालकुमारी अगाडि प्रर्दशन गरेका थिए ।

सोही क्रममा प्रदर्शनकारीले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । सो आगजनीपछि प्रदर्शनले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी, अश्रुग्यास र केही राउन्ड गोली समेत चलाएको थियो । अझै प्रहरीले तनावग्रस्त सो क्षेत्रको प्रदर्शनलाई नियन्त्रणमा लिन सकेको छैन । प्रहरीले नियन्त्रणको प्रयास जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।