logo

तास र लंगुरबुर्जा खेल्दैगरेका १३३ जुवाडे समातिए,२१ लाख रुपैयाँ बरामद

    563   पटक पढिएको


१ मंसिर/अर्थ र व्यापार – प्रहरीले चार्डपर्वको बहानामा तास र लंगुरबुर्जा खेल्दैगरेका १३३ जना जुवाडे समातेको छ । प्रहरीले जुवा खेल्दैगरेका उनीहरुको साथबाट २१ लाख रुपैयाँ बरामद गरिएको जनाएको छ ।
दशैं सकिएपछि तिहारसम्मको अवधिमा तास र लंगुरबुर्जा खेलिरहेको अवस्थामा १३३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कात्तिक ११ गतेदेखि ३० गतेसम्म काठमाडौंको १२, भक्तपुरको २ र ललितपुरको २ ठाउँबाट गरी १३३ जना समातिएका थिए ।
उनीहरुको साथबाट २१ लाख ७१ हजार ३३५ रुपैयाँ रकम बरामद भएको कार्यालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले जानकारी दिए । यो अवधिमा ६९ बुक तास, २० हजारको चेक प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार ११ देखि ३० कात्तिकसम्म कौडाको खालबाट प्रहरीले १२ लाख ९१ हजार ५५० रुपैयाँ बरामद गरेको छ । काठमाडौंको एक र ललितपुरको एक ठाउँ गरी दुई ठाउँबाट ३२ जना पक्राउ परेको एसएसपी न्यौपानेले जानकारी दिए । प्रहरीले यस अवधिमा पटाका पड्काएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिएको र ३४४ प्याकेट पटाका बरामद गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।