logo

बढ्यो नक्कली पैसाको बिगबिगी,डान्स बारमा मदिरा खाएर तिरेको हजारका नोट नक्कली

गाडीका सहचालक समातिए

    693   पटक पढिएको



१० असोज/ अर्थ र व्यापार – दसैं, तिहार र छर्ठपर्व लगायतका चार्डपर्व नजिकिएसँगै अहिले नक्कली पैसाको बिगबिगी हुन थालेको छ । डान्स बारमा मदिरा खाएर तिरेको नक्कली नोट पाईएपछि एक युवक समातिएका छन्। सुर्खेत भेरीगंगा नगरपालिका घर भएका २० वर्षीय ह्विल वलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनको साथबाट प्रहरीले चार थान हजार रुपैयाँका नक्कली नोट फेला पारेको जनाएको छ । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क नजिकै एक डान्स बारमा उनले मदिरा पिएर हजारको नोट दिएका थिए । त्यसपछि शंका लागेर प्रहरी पुगेपछि उनलाई पक्राउ गरेको थियो।

प्रहरीसँगको बयानमा उनले यो नक्कली नोट आफूलाई साथीले सापटी तिर्दा दिएको बताएका छन्। उनी सुर्खेत काठमाडौं चल्ने गाडीका सहचालक हुन्। प्रहरीले उनको समुहबाट यस्तो नक्कली नोट धेरै भएको हुन सक्ने भएकाले थप अनुसन्धान जारी राखेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।