logo

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको १०० दिन पूरा, आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी

    559   पटक पढिएको

१९ साउन / अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वको सय दिन पूरा भएको छ । महासंघमा नयाँ नेतृत्वले सय दिन पुरा गरेको अवसरमा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारउन्मुख भए पनि सरकारी नीति राम्रो नभएको बताएका छन् ।

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अत्याधिक कर्जा विस्तार भए पनि आर्थिक वृद्धिदरमा सघाउ नपुग्नुमा सबै क्षेत्र दोषी रहेको बताएका छन् । उनले सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा कर्जा विस्तार भइरहे पनि आर्थिक वृद्धि नहुनुमा अध्ययन हुन आवश्यक रहेको बताए ।

ढकालले महासंघमा नयाँ कार्यकारिणी आएसंगै विधान संशोधन प्रक्रियालाई अगाडि बढाइएको बताए । महासंघले मासिक कार्ययोजना अनुसार काम गर्दै जाने उनले जानकारी दिए । साथै, महासंघले पहिलो कार्यकारिणी समितिको पहिलो बैठकबाट वर्तमान आर्थिक संकटबाट बाहिर निस्कने, आन्तरिक र एफडिआइ ल्याउने वातावरण, राज्य र निजी क्षेत्रको साझेदार विकास, रोजगार सिर्जना गरेर वैदेशिक रोजगारमा जानेलाई तालिम दिने र व्यवसायीलाई हेर्ने मर्यादित दृष्टिकोण लगायत पाँचवटा कुरालाई प्राथमिकता साथ अगाडि बढाएको उनले बताए ।

निजी क्षेत्रका मुद्दामा सबै नीजी क्षेत्रका संघ–संस्था एकै ठाउँमा उभिएर सामुहिक धारणा बनाउने गरिएको बताउँदै उपलब्धिका रूपमा समेत आफ्नो धारणा सार्वजनिक गरे । बजेटपछिको मौद्रिक नीतिमा निजी क्षेत्रले दिएका सुझाव धेरै सम्बोधन नभए पनि राष्ट्र बैंकले जारी गर्ने निर्देशनमा केही सुधार भएर आउने अपेक्षा रहेको अध्यक्ष ढकालले वताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीजी क्षेत्रका समस्या समधानमा सरकार गम्भीर नभएकोले खबरदारी जारी राखेको बताए । पछिल्लो समय निजी क्षेत्रमा चौतर्फी आक्रमण भइरहेको बताउँदै त्यसबाट सचेत भएर काम गर्नुपर्ने परिस्थिति रहेको उनले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।