logo

विमानस्थलको भन्सारबाट ट्याक्सीमा कसरी बाहिरियो एक क्वीन्टल तस्करीको सुन ?

    591   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ट्याक्सीमा एक क्वीन्टल सुन बाहिरिएको अवस्थामा एक व्यक्तिलाई समातिएपछि अहिले विमानस्थलको सुरक्षा व्यस्थामै गम्भिर प्रस्न उठेको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको सुन ट्याक्सीमा विमानस्थलबाट बाहिर ल्याएको पाइएको हो । विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारि गराए अनुसार बुधबार दिउँसो २ बजे भन्सार जाँच पास भएर बाहिरिएको सुन विभागले ट्याक्सीबाट बरामद गरेको हो ।
विभागले सुन ल्याइएको बा २ ज २३२४ नम्बरको ट्याक्सी र चालकलाई पनि नियन्त्रणमा लिएको छ । हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको विभागका महानिर्देशक ढुंगाना बताउँछन् ।
यो सुन कसको हो ? र कहाँ लैजान लागिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको विभागले जनाएको छ । विभागका अनुसार यो सुनको बजार मुल्य एक अर्ब रुपैयाँ भन्दा बढीको हो । यसरी तस्करी गरि ल्याईएको एकसय केजी सुनको बारेमा थप अनुसन्धान गर्न भन्सार विभागले पनि विशेष अनुसन्धान थालेको जनाएको छ । यसमा कर्मचारीको संलग्नता देखिए तत्काल कारबाही गरिने विभागले जनाएको छ ।
यस सुन तस्करी प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।
विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।
यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक हरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।