logo

प्रदिप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना

    609   पटक पढिएको

२३ असार / अर्थ र व्यापार- नेपाल बाट अमेरिका गएर न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय संचालन गरेर बसेका नेपाली भाषी व्यवसायी हरुको हक, हितमा काम गर्ने उद्देश्यले प्रदिप श्रेष्ठको अध्यक्षतामा ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सको स्थापना गरिएको छ ।

प्रदिप श्रेष्ठ को अध्यक्षता मा गठन गरिएको ११ सदस्यीय तदर्थ समितिका अन्य सदस्य हरुमा नेविन क्षेत्री, लेलिन कडेल, अमित प्रताप शाह, छेपाक दोर्जे गुरुङ, माम्पी घोष, अन्जन श्रेष्ठ, गोविन्द लामा, मनिता देवि गुरुङ, दीपक श्रेष्ठ र च्छोमो डजेल रहेका छन । त्यसैगरि खगेन्द्र जिसी, डा.विनोद शाह, नविन शेरचन, नवराज के.सी, पासांग नुरु शेर्पा र जंग ब बम रहेको ६ सदस्यीय सल्लाहकार समिति पनि बनाईएको छ ।

स्टेट डिपार्टमेन्ट साथै न्युयोर्क राज्यले जारी गर्ने व्यवसायीक सूचना र सुबिधाहरु नेपाली व्यवसायीहरुले पनि प्राप्त गर्न सकून भन्ने उद्देश्यले समन्वयकारी भूमिका खेल्न को लागी यस चेम्बर अफ कमर्स स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।