logo

निर्माण व्यवसायी गौचन हत्यामा संलग्न समीरमानसिंहलाई जन्मकैद फैसला

    551   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर गर्दै समीरमानसिंह बस्नेतलाई जिल्ला अदालत काठमाडौंले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको बुधबारको इजलासले गौचन हत्यामा संलग्न मुख्य योजनाकार बस्नेत र अर्का आरोपी काले भन्ने अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो ।
यसैगरी, जिल्ला अदालत काठमाडौंले संजाय निर्धारण गर्दै सोही हत्यामा संलग्न सुटर लोप्साङ लामा भनिने सोम तामाङलाई भने १५ वर्ष कैद संजाय तोकेको छ । त्यसैगरि, समीरमानकी पत्नी मायाँ शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने संजाय निर्धारण गरेको छ । भने अन्य ५ जनालाई ५ वर्षको कैद संजाय निर्धारण गरेको छ ।
फरार सूचिमा रहेका अरु ७ जनाको मुद्दा मुल्तबीमा राखेको छ । जिल्ला अदालतले सो घटनामा संलग्न १८ जनालाई दोषी ठहर गर्दै सात जनालाई सफाइ दिएको थियो । २०७४ सालको २३ असोजमा दिउँसै नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष गौचनमाथि काठमाडौंको शान्तिनगरस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा बस्नेतसहित २४ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो । सुरुमा प्रहरीले २३ जनालाई मात्र प्रतिवादी बनाएर मुद्दा दायर गरेकामा अनुसन्धान हुँदै जाँदा बस्नेतकी पत्नीको पनि संलग्नतापछि पूरक अभियोग दर्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।