logo

क्यासिनो र फिल्म हलको टिकट डिजिटाइज गर्न महानगरपालिकको निर्देशन

    514   पटक पढिएको


२० असार/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाले फिल्म हल र क्यासिनाको टिकट डिजिटाइज गर्न निर्देशन दिएको छ । १७ वटा सिनेमा हल र ६ वटा क्यासिनोलाई प्रवेश शुल्क वापतको टिकट डिजिटल प्रणालीमा लैजान काठमाडौ महानगरले निर्देशन दिएको हो ।

मंगलबार महानगरको राजस्व विभागले पत्र लेख्दै भनेको छ, ‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गरेको भए तीन दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए ३० दिन भित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याउनुपर्नेछ ।’
पत्रअनुसार डिजिटल प्रणाली महानगरको राजस्व विभागलाई पहुँच गराउन निर्देशन दिएको छ । बागमती प्रदेश सरकारले मनोरञ्जन कर चलचित्र घर, सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, थिएटर,नाटकघर, फनपार्क, वाटर गार्डेन, बाल उद्यान, दोहोरी साँझ,डान्सबार, क्यासिनो, फुट्सल, जुम्बा, नाइट क्लब, मसाज एवम् स्पा, जिपलाइन, बन्जिजम्प, स्वीमिङ पुल र पार्क लगायत मनोरञ्जन कर स्थलमा लगाउने कानुनी व्यवस्था गरेको छ ।

सोही व्यवस्था बमोजिम चलचित्र घरमा प्रवेश गर्ने प्रति टिकटमा महानगरमा ५ प्रतिशत मनोरञ्जन कर बुझाउनुपर्नेछ । यसैगरि, क्यासिनोमा प्रवेश गर्ने प्रतिव्यक्तिबाट ५० रुपैयाँ मनोरञ्जन कर छुट्याउनुपर्नेछ । त्यसैगरि, फनपार्क, वाटर गार्डेन, बाल उद्यान जस्ता स्थानमा ३ प्रतिशत, दोहोरी साँझ, नाइट क्लब लगायतमा प्रवेश गर्ने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर महानगरमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।