logo

फेरि सुरुभयो फोहोरको लडाइँ,अब काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

    580   पटक पढिएको


७ वैशाख/अर्थ र व्यापार – बढ्दो गर्मिसँगै फेरि सिसडोल डम्पिङसाइड क्षेत्रका स्थानीय पालिका र काठमाडौ महानगरपालिकाबीच फोहोरको लडाइँ सुरु भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए आफुहरुले काठमाडौबाट लैजाने फोहोर राक्ने चेतावनी दिएका छन् ।
उनीहरुले विगतका सहमति कार्यान्वयनका लागि १५ दिनको अल्टिमेटम दिएका छन् । ५ वैशाखमा बसेको दुई पालिकाको संयुक्त बैठकले यस्तो निर्णय गरेको ककनी गाउँपालिका अध्यक्ष सुमन लामाले जानकारी दिए ।

वर्गीकरण गरेर मात्रै फोहोर व्यवस्थापन गर्नुपर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने, रातिको लागि आवश्यक बत्ती तथा सडकको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका विषयमा गत २३ जेठ,२०७९ मा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिका तथा गत २६ जेठमा नै काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच सम्झौता भएको थियो ।
‘काठमाडौंको फोहोरको जिम्मा हामिले लिएका छैनौं, यहाँ सधैं फोहोर फाल्ने अनि सम्झौता गर्ने तर, कार्यान्वयन चाहिं नगर्ने ? फोहोर र मान्छे एक ठाउँमा बस्न सक्दैन’ अध्यक्ष लामाले भने ।

वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरेर न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने लगायतका सात बुँदे माग उनीहरुले अघि सारेका छन् ।
दुवै पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमि जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अघिड बढाउनु पर्ने माग उनीहरुले राखेका छन् ।

फोहोरमैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र बञ्चरेडाँडामा भएको ईआईएको प्रतिवेदन रिपोर्ट जानकारी गराउनुपर्ने माग दुवै पालिकाको रहेको छ । यि स्थानीयतह हरुले अहिले संयुक्त विज्ञप्ति नै जारि गरि यस्तो चेतावनी दिएका हुन ।
दुवै स्थानीय तहका वडाहरुमा वार्षिक १० करोड बजेट विनियोजन गर्नुपर्ने, फोहोर रोक्ने आन्दोलन गर्दा पक्राउ पुर्जी जारी भएकाहरुको मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग उनीहरुले संयुक्त रुपमा राखेका छन् ।
‘हामीले अहिले अल्टिमेटम मात्रै दिएका हौं, केहि दिनमा प्रधानमन्त्रीलाई भेटेर यस मागबारे सुनाउँछौं, सुनुवाई भएन भने फोहोर रोक्छौं’ ककनी गाउँपालिका अध्यक्ष लामाले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।