logo

नेपाली काँग्रेस सरकारमा सहभागी हुँदै,पूर्णबहादुर खड्का अर्थमन्त्री बन्ने

    558   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार – नेपाली काँग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई अर्थमन्त्रीको रुपमा सरकारमा पठाउने आन्तरिक सहमति गरेको छ । पार्टीले खड्कालाई अर्थमन्त्रीका रुपमा उनकै नेतृत्वमा सरकारमा सामेल हुने आन्तरिक सहमति गरेको हो ।
अहिले सरकारमा सहभागी गठवन्धन दलबीच माओवादी केन्द्रले गृहमन्त्रालयको माग गरेपछि काँग्रेसले अर्थमन्त्रालयमा दाबी गरेको हो ।
यसअघि काँग्रेसबाट डा. प्रकाशशरण महत, विनोद चौधरी लगायतको नाम अर्थमन्त्रीको रुपमा चर्चा भएपनि अन्ततः पूर्णबहादुर खड्का अर्थमन्त्री बन्ने अवस्था बनेको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपाली काँग्रेसले औपचारिक रुपमा निर्णय भने गरिसकेको छैन । ‘खड्कालाई अर्थमन्त्री बनाएर उनकै नेतृत्वमा सरकारमा पठाउने आन्तरिक सहमति भएको छ, बिचमा कुनै विवाद नभएको खण्डमा उनी नै अर्थमन्त्री बन्नेछन्’ स्रोतले भन्यो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता खड्का सुर्खेतका हुन् । उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुँदै पार्टी उपसभापतिसम्म बनेका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा उनी काँग्रेसको निर्वाचित पहिलो उपसभापति बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।