logo

निगमका कर्मचारीले सचिवकै लगेज फुटाईदिएपछि..

    628   पटक पढिएको


७ चैत/अर्थ र व्यापार – सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडानमा यात्रुकोका लगेज, ब्याग तोडफोड भएको घटना सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीले आज नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौंबाट भारतको दिल्ली जानेक्रममा आफ्नो ब्यागेज तोडफोड गरिएको अवस्थामा फेला परेको उल्लेख गरेका छन् ।
नेपाल वायुसेवा निगमबाट दिल्ली पुगेपछि लगेज हेर्दा तोडफोड गरिएको अवस्थामा हात परेको दवाडीको भनाइ छ । उनले यसको जिम्मा कसले लिने भन्दै प्रश्न गरेका छन् ।

‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो’ दवाडीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले अब मेरो सामान बोक्न डोको नै खोज्नु पर्यो?’
यसअघि पनि विमानस्थलका कर्मचारीहरुले विदेशबाट आउने यात्रुको लगेज पटकपटक फुटाउने गरेको गुनासो आउने गरेको थियो । अहिले भने नेपाल सरकारका सचिव नै यसको सिकार बनेका छन् । अब यो घटनाले निगमको हवाई सुरक्षामा थप प्रस्न उब्जिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।