logo

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ लिएर बोर्डका कर्मचारी नै फरार

    625   पटक पढिएको


२ चैत/अर्थ र व्यापार – सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी नै फरार भएका छन् ।
बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।
गत ११ पुुसदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ ।
अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
बीमावापत सर्वसाधारणले जम्मा गरेको रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए अपचलन गरेको रकम ब्याजसहित असुल गरी कानुुनी कारबाही अघि बढाइने पनि बोर्डले जनाएको छ ।
बोर्डले २९ असारमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समय भित्र रकम दाखिल गरेर स्पष्टीकरण पेश नगरेमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।