logo

रास्वपाले छोडेको श्रम र शिक्षा मन्त्रालय पनि प्रधानमन्त्री दाहालले नै सम्हाल्ने

    625   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आइतबार राजीनामा दिएपछि खाली भएको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र शिक्षा दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् ।
रास्वपाबाट मन्त्री बनेका डोल प्रसाद (डिपी)अर्याल, शिशिर खनाल र तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।
उनीहरुको राजिनामापछि रित्त रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहाल आफैंले नै सम्हाल्ने भएका हुन् ।
उनीहरूको राजीनामा आएको भोलिपल्ट सोमबार प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले नै सम्हाल्ने गरी तोकेकी हुन् ।
यसअघि रास्वपाका सभापति रवि लामिछाने गृह मन्त्रालयबाट पदच्युत भएपछि पनि गृह मन्त्रालय प्रधानमन्त्री दाहालको मातहतमा रहँदै आएको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएको रास्वपा सरकारलाई दिएको समर्थन कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।