logo

यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना

    632   पटक पढिएको

१ माघ/अर्थ र व्यापार –  यतिको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ ।
आइतबार विहान काठमाडौबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोँचमा झरेर दुर्घटनाग्रस्त भएको हो।
यो दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछिको पहिलो हो। दुर्घटना के कारणले भयो भन्ने प्रतिवेदनपछि आउला तर, एयरलाइन्सनिकट व्यक्तिहरूका अनुसार चरा ठोक्किएको आशंका छ। उसै त सो विमानस्थल नजिकै फोहोर फाल्ने ल्यान्डफिल साइट रहेका कारण धेरै काग र गिद्ध आउने गरेको छ।
जसका कारण विमानस्थल सञ्चालनअघि नै ल्यान्डफिल साइट हटाउनुपर्ने विभिन्न प्रतिवेदनमा उल्लेख थियो । तर,सञ्चालन गर्ने निकायले भने वेवास्ता गर्दै जनवरी १, २०२३ बाट विमानस्थल सञ्चालनमा ल्याएको थियो।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानमात्र हुँदै आएको छ। अहिले पोखरा उपमहानगरपालिकाले पनि ल्यान्डफिल साइट हटाउने भने पनि केहि प्रक्रिया अगाडि बढाएको छैन।
’ल्यान्डफिल साइट हटाउनुपर्ने प्रतिवेदनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले वेवास्ता गर्दै उडान गरेका कारण यो दुघर्टना भएको हो,’ प्राधिकरणका एक पूर्वअधिकारीले भने, ’प्रतिवेदनमा ल्यान्डफिल साइटसहित डाँडा काट्नुपर्ने समेत उल्लेख छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।