logo

अल्फाबिटामा बालेनको गर्जन: घरधनीका घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

    821   पटक पढिएको

९ भदौ/अर्थ र व्यापार– विगत केही दिनदेखि धमाधम काठमाडौ शहरका अवैध संरचनाहरु हटाउँदै र भत्काउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाह ( बालेन) बिहीबार बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा पुगेर प्रतिरोधमा उत्रिएकाहरुसँग गर्जिए ।
नयाँ बानेश्वर क्षेत्रमा रहेको अल्फाबिटा कम्प्लेक्सले आफ्नो भवन अगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गर्न दिएको छ । पार्किङ भने सडक पेटीमा हुने गरेको छ ।
त्यस्तो संरचना हटाउन महानगरपालिकाका अन्य प्रतिनिधी र सुरक्षाकर्मी सहित पुगेका मेयर बालेनले भवनको नक्सा खोजे । त्यहाँ उपस्थित अल्फाबिटा हाउसका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागेपछि मेयर बालेनले गर्जिएर प्रश्न गरे ‘तपाईँको घरको नक्सा म सित हुनुपर्छ ?’
त्यपछि अल्फाबिटाका प्रतिनिधिले प्रतिप्रश्न गरे, ‘नगरपालिकामा के हुन्छ त ?’ उनले आफूहरुले कुनै गलत काम नगरेको, तर मिडिया लिएर आएको भन्दै असन्तुष्टि जनाए ।
सोही बादबिबादकाबीच बालेनले काठमाडौ महानगरपालिकाले पत्रिकामा निकालेको ३५ दिने सूचना देखाए । अझै गर्जिएर बोले, ‘यहाँ यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र संरचना खाली गर भनेर नोटिस दिएको छैन ? तपाईँको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?’
फेरि अल्फाबिटाका अर्का प्रतिनिधिले भने, ‘बालेन सर, तपाईँ यस्तो आवेगमा आएर नबोल्नुस्, हाम्रो प्रतिनिधि होइन र तपाईँ ?’ निकैबेरदेखि बालेनसँग प्रतिवाद गरिरहेका व्यक्तिले आफुलाई थर्काउन खोजेको भनेर बोलेनलाई ति व्यक्तिले अर्को प्रश्न गरे । तर मेयर बालेनले तत्काल प्रतिवाद गरे । आफूहरुले मिडिया स्टन्ट पनि नगरेको भन्दै उनले महानगरका साढे २ लाख घरमा गएर सूचना दिन नसक्ने भएर पत्रिकामा सूचना निकालेको र अवैध संरचना हटाउनुपर्ने बताए ।
उनले व्यावसायिक प्रयोजनमा बनाईएका यस्ता भवनहरुले आफ्नो पार्किङ बनाउनुपर्ने बताए । महानगरका कर्मचारीले पनि आफूहरुको अफिस नजिकै भएकाले नक्सा लिएर आउन आग्रह गरे । तर अल्फाबिटाका प्रतिनिधिले भने लिखित दिए आफुहरु अझै वकिलसहित आउने बताए ।
उनीहरुले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यावसायीलाई सम्मान गर्न समेत मेयर बालेनलाई आग्रह गरे । यस्तो आग्रह, गर्जन र प्रतिवाद सहितको क्रम अल्फाबिटामा धेरै बेरसम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।