logo

बाढीले मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यरातमा भागदौड, क्षतीको विवरण संकलन गरिंदै

    732   पटक पढिएको


साउन २५/ अर्थ र व्यापार– गएराति परेको भारी वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पु¥याएको छ ।
मंगलबार मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष श्रीभक्त कासिछ्वाले जानकारी दिए ।
उनले मध्यराती १२ बजे बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले सुकुम्वासी बस्ती डुबानमा परेको जानकारी दिएपछि उनीसहित आफुहरुको टोली रातिदेखि नै सो बस्तीमा पसेर उद्धारमा खटिएको जानकारि दिए । दुईवटा डोजर ल्याएर पर्खाल भत्काएर पानी बाहिर पठाउने र बस्तीको बासिन्दाको बिहानसम्म उद्धारमै खटिएको उनले जानकारी दिए ।
चाँगुनारायण उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेएका कासिछ्वाले मध्यराति बस्तीमा ज्यान जोगाउन भागाभाग मच्चिएको बताउँदै कोही अरनिको राजमार्गको सडकमा आइपुगेका र कोही घरको छतमा बसिरहेको पाइएको बताए । राति नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि उद्धारमा खटिएको उनले जानकारी दिए ।
सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, यहाँका कुखुरा र बङ्गुर बगाएको तथा अहिले बिहान खानेकुरासमेत नभएकाले राहतको व्यवस्था गर्नु जरुरी रहेको उनले बताए ।
बस्तीभित्रका बालबालिका र ज्येष्ठ नागरिक बढी मारमा परेको बताउँदै उनेले भने, ‘यहाँको अवस्था बिजोग छ, पानी पर्नेबित्तिकै बस्तीको बासिन्दा त्रासमा बस्नुपर्ने, सुकुम्वासी बस्तीको समस्या समाधानमा सरकारले चासो दिनुपर्ने आवश्यकता देखियो । ’
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मध्यपुरथिमि नगरपालिका–१ र २ का मनहरा नदीको सुकुम्वासी बस्तीमा भएको डुबानमा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको बताए । उनले बस्तीमा लत्ताकपडा, खाद्यान्न र अन्य सामानमा क्षति पुगेको, पशु चौपाया बगाएको तर मानवीय क्षति भने नभएको बताए ।
उनले मनोहरा नदी किनारामा दिव्यश्वरी प्लानिङमा बस्ने अम्मर लामाको बङ्गुरफार्मबाट प्रहरीले पाँस सय हाँस, दुई सय बङ्गुर र दुईवटा गाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । त्यस्तै मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खस्दा खोलाको धार परिवर्तन भई ८० घरटहरामा पानी पसेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।