logo

टानको निर्वाचन नजिकिएसँगै आकांक्षीहरुको दौडधुप सुरु

गठबन्धन कायम राख्ने र भत्काउने दाउपेच

    1478   पटक पढिएको

१० साउन / अर्थ र व्यापार विश्लेषण- पदयात्रा व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि निर्वाचन हुने दिन ३० साउन नजिकिएसँगै नेतृत्वमा जान चाहनेहरु विच चहलपहल सुरु भएको छ । टानको निर्वाचन तथा साधारणसभा लामो समय रोकिएर आगामी साउन ३० गते हुँदैछ ।

कोभिड–१९ को संक्रमणवाट पर्यटन क्षेत्र लामो समयसम्म थिलोथिलो बनेका कारण यसपटक अघिल्ला वर्षहरु जस्तो नेतृत्वका आकांक्षीहरु देखिएका भने छैनन । यसपटक नेतृत्वमा जान चाहनेहरुको संख्या कम हुनुका पछाडिको प्रमुुख कारण भनेको टानको खर्चिलो निर्वाचन हो । “ व्यवसाय ठप्प प्रायः हुँदा गत तीन वर्ष व्यसायीहरुको खासै आम्दानी भएन, यस्तो बेला टानमा जान ठूलै रकम खर्च गर्नुपर्ने भएका कारण धेरै व्यवसायी आकर्षित भएका छैनन”–टानका एक पूर्व महासचिवले भने । त्यसमाथि टानको निर्वाचन यदाकदा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनको झल्को दिने हिसावले पार्टी– पार्टीका बिच हुने गरेको कारण पनि कतिपय व्यवसायीहरु टानमा जान चाहँदैनन ।

अध्यक्ष वा महासचिव पदमा टिकट पाउन प्रत्येक पार्टीका पर्यटन विभाग हेर्ने नेतृत्व वा ति पार्टी निकटका व्यवसायीहरुका संस्थाका नेतृत्वलाई राम्रै रकम बुझाउनु पर्ने, भोज भतेर गर्नुपर्ने भएका कारण ठूलो रकम उम्मेद्वारले खर्चिनुपर्ने अवस्था छ । त्यसवाहेक अधिकांश व्यवसायीहरु विगतका तुलनामा टानले आफ्नो भुमिका प्रभावकारी बनाउन नसकेकोमा पनि निराश छन । कोभिड–१९ को पर्यटन क्षेत्रमा परेको असरका समयमा प्रभावकारी ढंगले काम गर्न नसक्नु, संस्थाको बैधानिकता जोगाउन नै समस्या पर्नु, फेक रेस्क्यु जस्ता महत्वपूर्ण सवालमा मौन बस्नु वा कतिपय सवालमा फेक रेस्क्युमा संलग्नहरु लाई जोगाउन लविईङ गर्नु, अत्याधिक राजनीतिकरण हुनुले टानको गरिमा खस्कँदै गएको कतिपय व्यवसायिको बुझाई छ ।

यसपटकको निर्वाचनको लागी आकांक्षीहरुले दौडधुप सुरु गरेका छन । प्रारम्भिक रुपमा यसपटक नेपाली कांग्रेस निकट व्यवासयीहरुले नीलहरि बाँस्तोला लाई अध्यक्षमा अगाडी सार्ने सम्भावना देखिएको छ । बाँस्तोला टानको उपाध्यक्ष रहिसकेका र कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष दीपक महत संग उनको विशेष सम्बन्ध रहेका कारण निटले अध्यक्षमा बाँस्तोलालाई अगाडी सार्ने लगभग स्पष्ट भएको निटका व्यवसायीहरु वताउ्रँछन ।

अर्कोतिर पर्यटन क्षेत्रमै सक्रिय नेपाली कांग्रेस निकट व्यवसायीहरुको संस्था नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले भने कि त निटका उम्मेद्वारको विरुद्धमा अर्को उम्मेद्वार उठाउने वा अर्को पक्षमा सहयोग गर्ने सम्भाववना उत्तिकै देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट व्यवसायीहरुवाट अध्यक्षको आकांक्षीका रुपमा राजेन्द्र प्रसाद सापकोटा अगाडी आएका छन । नेपाल पर्यटन वोर्डमा सदस्य समेत रहिसकेका कारण यसपटक एमाले निकट व्यवसायीहरुको तर्फवाट सापकोटा अध्यक्षका लगभग निर्विकल्प उम्मेद्वार बन्ने देखिएको छ । सापकोटाले यसअघि नै आँफु टानमा अध्यक्षको आकांक्षी रहेको घोषणा गरिसकेका छन ।

त्यस्तै नेकपा एकिकृत समाजवादी निकट व्यवसायीहरुले व्यवसायी अञ्जन थापालाई अध्यक्षको उम्मेद्वारको रुपमा अगाडी सार्ने बुझिएको छ । यसअधिको निर्वाचनमा थापा वर्तमान अध्यक्ष खुम बहादुर सुवेदीसंग पराजित भएका थिए ।

उता माओवादी केन्द्र निकट व्यवसायीहरुले अध्यक्षमा रामप्रसाद सापकोटा (कमल) लाई अगाडी सार्ने बुझिएको छ । माओवादी निकट व्यवसायीहरुमा अध्यक्षका अन्य आकांक्षी भएपनि सापकोटाले अध्यक्षमा उम्मेद्वारी दिने आकांक्षा राखेमा पार्टीसंग विशेष सम्बन्ध भएको कारण अन्यले टिकट नपाउने अवस्था रहेको माओवादी केन्द्र निकट व्यवसायीहरु वताउँछन ।

सुरुमा आकांक्षीहरु धेरै देखिएपनि अन्त्यमा भने दुई उम्मेद्वारहरुका प्यानल हरु बिच नै निर्वाचन हुने देखिन्छ । त्यसका लागी सवै उम्मेद्वारहरु पार्टीहरु मिलाउन र गठबन्धन भत्काउनमा लागेका छन । नेपाली कांग्रेस, समाजवादी, माओवादी केन्द्र र जसपा निकट व्यवासयीहरुको राष्ट्रिय राजनीतिमा जस्तै गठबन्धन कायम गर्न सके जित्न सहज हुन्छ भन्नेमा ती पार्टीनिकट व्यवसायीहरु देखिन्छन भने एमाले निकट व्यवसायीहरु गठबन्धन भत्काउन सके आँफु बलियो हुने मनस्थितिमा छ ।

अर्कोतिर गठबन्धन कायम रहे जित्ने सम्भावना उच्च रहने भन्दै कांग्रेस, समाजवादी र माओवादी केन्द्र निकट व्यवसायीहरुले अध्यक्षमा दावी गर्ने देखिन्छ । अघिल्लो पटक पनि कांग्रेसलाई अध्यक्ष दिएका कारण यसपटक कांग्रेसलाई अध्यक्ष दिन नसकिने समाजवादी र माओवादी केन्द्र निकट व्यवसायीहरुको मनस्थिति रहेको बुझिन्छ भने कांग्रेस अध्यक्ष कुनै हालतमा नछोड्ने मनस्थितिमा छ । अघिल्लो निर्वाचनजमा अध्यक्षमा पराजित भएका अञ्जन थापाले पनि यसपटक गठबन्धन हुँदा अध्यक्ष जित्न सहज हुने अनुमान गरेका कारण अध्यक्षमा दावी गर्नेछन । अर्कोतिर माओवादी केन्द्रले यसपटक अध्यक्ष आँफुले पाउनुपर्ने दावी गर्ने देखिन्छ ।

आगामी एक–दुई हप्तामा हुने लेनदेन र बागर्नेनिङले टानको नेतृत्वमा लागी आकांक्षीहरुको व्यवस्थापन हुनेछ र अन्ततः दुई पक्षविच निर्वाचन हुने देखिन्छ । त्यसवाहेक पर्यटन क्षेत्रका ठूला घरानाहरुले आफ्नो पक्षको व्यक्तिलाई अध्यक्षमा ल्याउने प्रयास पनि आगामी दिनमा गर्नेछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।