logo

गुणस्तर नम्बर भएको सिलबन्दी जारको पानीमात्र पिउन विभागको आग्रह

    977   पटक पढिएको

१४असार/अर्थ र व्यापार – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै लिएर पिउन आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरेको हो ।

यसैगरि, विभागले वर्षायाममा पानीको माध्यमबाट फैलिने हैंजा, झाडापखाला लगायत विभिन्न संक्रामक रोगका हानीकारक शुक्ष्म जिबाणुहरुको संक्रमण बढ्ने उच्च जोखिम भएकाले यस्तो उपाए अपनाउन आग्रह गरिएको जनाएको छ । संक्रमित पानीको माध्यमबाट रोगको संक्रमण हुने सम्भावना भएकाले स्वच्छ तथा सफा पानी पिउन उपभोक्तालाई विभागले आग्रह गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरुलाई पुरा गरेर मात्रै बिक्री वितरण गर्न विभागले उद्योगीहरुलाई अनुरोध गर्दै अनुमति नलिई बिक्री वितरण गरेको अवस्थामा सूचना गर्न समेत सुझाव दिएको छ । यदि कँही कानूनबमोजिम अनुज्ञापत्र लिई नविकरण नगरी पानी बिक्री वितरण गर्नेहरुलाई त्यस्ता गल्ती भेट्ने वित्तिकै कडा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

अहिले काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा गरिएको नमुना परिक्षणको क्रममा बजारमा विक्री भइरहेका केही जारको पानीमा समेत कोलिफर्मको मात्रा देखिएपछि विभिगले उपभोक्तालाई सचेत गराउन यस्तो आग्रह गरेको हो ।
कोलिर्फम बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ । यो १ दर्जन भन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिर्फम भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । प्राविधिकका अनुसार कोलिर्फमको मात्रा जति बढी हुन्छ । मानव स्वास्थकालागि उति जोखिम रहन्छ । यस्तो जोखिमयुक्त पानी पिउदा हैंजा फैलिन सक्ने संभावना देखिएकाले विभागले यस्तो आग्रह गरिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।