logo

दुइदिने एचआर कार्निभल आयोजना हुने

    1217   पटक पढिएको

८जेठ / अर्थ र व्यापार- साउथवेष्टन स्टेट कलेज र साउथवेष्टन स्टेट कलेजका भुतपुर्व विद्यार्थीहरुको संगठन सेसनले दुइदिने एचआर कार्निभलको आयोजना गर्ने भएको छ । आगामी जेष्ठ १४ र २० गते गरि दुई चरणमा आयोजना गरिने सो कार्यक्रम वसुन्धरास्थित साउथवेष्टन स्टेट कलेजको प्रांगणमा आयोजना हुनेछ ।

शैक्षिक योग्यता पुरा गरेपनि विद्यार्थीहरुमा रोजगारी र पेशा छनोट गर्दा विभिन्न समस्याहरु हुने गरेकोले सहभागीहरुलाई रोजगारी छनोट गर्न तथा आबद्ध हुनका निम्ति आवश्यक हुने आधारभुत पक्षमा सबल बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । आफ्नो योग्यता र रुचि अनुसारको पेशा छनोट, विभिन्न संस्थाबिचको सहकार्य, अन्तर्वाताको माध्यमबाट योग्य सहभागिलाइ रोजगारिको अवसर दिने गरि कार्यक्रमको संरचना तयार गरिएको छ । कार्यक्रममा सहजकर्ता तथा प्रमुख वक्ताको रुपमा प्रयास राजोपाध्याय, समय खड्का र अनिल उपाध्ययाय उपस्थित हुनेछन ।

कार्यक्रम सम्बन्धि जानकारी दिनका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै सेसनकि अध्यक्ष मेधाविनी ढकालले यस कार्यक्रमबाट सम्पुर्ण सहभागिले आँफु योग्य रहेको क्षेत्र, पेशा तथा रोजगारी पहिल्याउन सक्ने तथा त्यसका निम्ति आँफुलाई तयार गर्न सक्ने गरि लाभान्वित हुने वताईन । आँफुलाइ सुहाउदो, आफू योग्य र सफल हुने पेशा छनोट हुन नसक्दा असफल हुनुपरेकोले यस किसिमको कार्यक्रम आवश्यक रहेको ढकालले वताईन । कार्यक्रममा सहभागीताका निम्ति सहभागीलाई प्रति व्यक्ति रुपैयाँ एक हजार शुल्क तोकिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।