logo

राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा पुनः साँवा र महासचिवमा सापकोटा

    1403   पटक पढिएको


२५ चैत/अर्थ र व्यापार – नेकपा एमाले निकट व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको अध्यक्षमा फेरि एलपी साँवा निर्वाचित भएका छन । महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले साँवालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
महासंघको उपाध्यक्षहरुमा रामबहादुर गुरुङ,डेकनाथ गौतम,डिबी बस्नेत ,सिएन पाण्डे, बालकृष्ण शिवाकोटी,सुर्यबहादुर थापा र डा.तिलचन्द्र भट्टराई रहेका छन ।
महासचिवमा पुनः भागिरथ सापकोटा दोहोरिएका छन । उपमहासचिवमा सुवर्ण श्रेष्ठ र मिनबहादुर तामाङ निर्वाचित भएका छन । कोषाध्यक्षमा मोहन डाँगी निर्वाचित भएका छन । यसैगरि, सचिवहरुमा रघु पुरी, केदारवहादुर बस्नेत,मोति ज्ञवाली,बलराम भट्टराई र खड्गबहादुर खत्री निर्वाचित भएका छन ।
महासंघको सो दोस्रो महाधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । महासघको दोश्रो राष्ट्रिय महाधिवेशनले १७ पदाधिकारी, ११ बस्तुगत संघबाट स्थायी कमिटी र २५५ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।