logo

क्रिप्टोकरेन्सीमा लगानी गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर

    999   पटक पढिएको

१ चैत/अर्थ र व्यापार – राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा लगानी गरि अवैध कारोबार गरेको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले मोरङाको रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षिय पुस्कर श्रेष्ठ र सोहि ठाउँकी २३ वर्षिया बिनिता लिम्बुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
श्रेष्ठ र लिम्बुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार उनीहरु दुबैजनाको विभिन्न बैंकमा रहेका बैंक स्टेटमेन्टहरु, प्राप्त डाटाहरु, कल डिटेल र मोबाईल बरामद गरिएको थियो । यी विवरणमा संलग्न प्रमाणबाट उनीहरुले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहेको देखिएको छ ।
श्रेष्ठ र लिम्बुले 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरेको विभागले जनाएको छ । पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ ८५ पैसा, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार, एनआईसि एशियाबाट एक करोड ८२ लाख ४९ हजार र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार गरि जम्मा ७ करोड ५७ लाख ७१ हजार र बिनिता लिम्बुले एनआईसि एशियाबाट दुई करोड १६ लाख ९८ हजार गरि जम्मा ९ करोड ७४ लाख ६९ हजार विदेशी विनिमय विपरित निषेधित कसूर गरेको पुष्टि हुन आएको छ ।
साथै उनीहरुले सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागको आरोप रहेको छ । उनीहरु विरुद्ध बिगो जफत गरी सजाय हुन र तीन वर्षसम्मको कैद सजायको मागदावी सहित मुद्दा दायर गरिएको विभागको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।